वज्रयानी संस्कृति र अध्यात्मको सङ्गम ‘चर्या नृत्य’ (तस्बिरहरु)
सारांश
- नेपालको प्राचीन सांस्कृतिक सम्पदा 'चर्या नृत्य' को संरक्षण र प्रवर्द्धनमा सरोकारवालाहरूले चासो देखाएका छन् ।
- वज्रयान बौद्ध दर्शनमा आधारित यो नृत्य तान्त्रिक साधना र ध्यानको स्वरूप हो, जसमा विभिन्न देवीदेवताका मुद्रा र भाव कलात्मक रूपमा प्रस्तुत गरिन्छ ।
- यस नृत्यको शास्त्रीय शुद्धता र मौलिकता कायम राख्नु चुनौतीपूर्ण रहे पनि यसको अभिलेखीकरण र प्रशिक्षणमा जोड दिइएको छ ।
काठमाडौँ । नेपालको मौलिक एवं प्राचीन सांस्कृतिक सम्पदाका रूपमा रहेको ‘चर्या नृत्य’ को संरक्षण र प्रवर्द्धनका लागि सरोकारवालाहरूले तदारुकता देखाएका छन् । काठमाडौँ उपत्यकाको बौद्धमार्गी समुदाय, विशेषगरी बज्राचार्य र शाक्यहरूमा प्रचलित यो नृत्य विश्वकै ऐतिहासिक र आध्यात्मिक नृत्य विधामध्ये एक मानिन्छ ।
चर्या नृत्य केवल कला र मनोरञ्जनको साधन मात्र नभई यो एक विशिष्ट तान्त्रिक साधना र ध्यानको स्वरूप हो । वज्रयान बौद्ध दर्शनमा आधारित यस नृत्यमा विभिन्न देवी–देवताका स्वरूप, मुद्रा र भावहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ । विशेषगरी ‘चर्या गीति’ (बज्रगीत)को ताल र लयमा प्रस्तुत गरिने यस नृत्यमा पञ्चबुद्ध, मञ्जुश्री, आर्य तारा, लोकेश्वर लगायतका देवदेवीहरूको उपासना गर्ने गरिन्छ ।
_wCCUHr7yIz.jpg)
संस्कृतिविद्हरूकाअनुसार प्राचीन कालमा यो नृत्यलाई अत्यन्तै गोप्य मानिन्थ्यो र केवल निश्चित दीक्षा प्राप्त व्यक्तिहरूले ‘आगम घर’ भित्र मात्र प्रदर्शन गर्ने गर्दथे । तर पछिल्लो समय यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई मध्यनजर गर्दै यसलाई सार्वजनिक रूपमा पनि प्रदर्शन गर्न थालिएको छ । यसले नेपाली मौलिक कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ ।
यद्यपि, यसको शास्त्रीय शुद्धता र मौलिकतालाई कायम राख्नु चुनौतीपूर्ण रहेको कलाकारहरू बताउँछन् । नयाँ पुस्तामा यो प्राचीन सीपलाई हस्तान्तरण गर्न उचित तालिम र संस्थागत पहलको आवश्यकता औँल्याइएको छ । मौलिक राग, ताल र मुद्राको सही ज्ञानबिना यसको गरिमा जोगाउन कठिन हुने भएकाले यस क्षेत्रका विज्ञहरूले यसको अभिलेखीकरण र प्रशिक्षणमा जोड दिएका छन् ।
_fZiX2dB0b6.jpg)
नेपालको अमूर्त सांस्कृतिक सम्पदाको एक अभिन्न अङ्ग रहेको चर्या नृत्यको संरक्षणले हाम्रो पहिचानलाई जीवन्त राख्नुका साथै धार्मिक पर्यटनको विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच चर्या बौद्ध दर्शन तथा नृत्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका गुरु यज्ञमान पति बज्राचार्यलाई विशेष सम्मान अर्पण गरिएको छ ।
काठमाडौँ महानगरपालिका, यूनेस्को तथा काठमाडौँ सिटी अफ फिल्म्सको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘चर्या प्रवाह’ कार्यक्रमका बीच उनलाई सो सम्मान प्रदान गरिएको हो । तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल
_jF62txhwwA.jpg)
_e0LZ2Wh1fv.jpg)
_EJdl5MTgjl.jpg)
_N40Ixy7sPt.jpg)
_3OTVGLZomX.jpg)
_0NUDPsODhX.jpg)
_hE1kUs0ZDg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण