फिल्ममा डेब्यु गर्दै ‘मेरो डान्स युनिभर्स’ विजेता रिस्ता गुरुङ
आइतबार, १० जेठ २०८३, १३ : १०
सारांश
- ‘मेरो डान्स युनिभर्स सिजन-२’ की विजेता रिस्ता गुरुङ फिल्म ‘आ-बाट आमा २’ बाट अभिनयमा डेब्यु गर्ने भएकी छन् ।
- निर्माण युनिटले रिस्तासँग आइतबार कागजी सम्झौता गरेको छ ।
- चन्द्र पन्तले निर्देशन गर्ने यो फिल्म आर्या इन्टरेटन्मेन्ट प्रालिको ब्यानरमा बन्नेछ ।
काठमाडौँ । ‘मेरो डान्स युनिभर्स सिजन–२’ की विजेता रिस्ता गुरुङ फिल्म डेब्यु गर्ने भएकी छन् । उनले फिल्म ‘आ–बाट आमा २’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । निर्माण युनिटले फिल्म अभिनय विषयमा रिस्तासँग आइतबार कागजी सम्झौता गरेको छ ।
केही अगाडि प्रदर्शनमा आएको फिल्म ‘आ–बाट आमा’ को सिक्वेलको रूपमा बन्ने लागेको यो फिल्म चन्द्र पन्तले निर्देशन गर्दैछन् । फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
आर्या इन्टरेटन्मेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्म फ्लोरको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण