विपक्षी चार दलले संसद्मा सरकारको सशक्त विरोध गर्ने
सारांश
- प्रमुख प्रतिपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सशक्त प्रतिरोध गर्ने भएका छन्।
- नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राप्रपाका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा भएको छलफलले सरकारको उपेक्षा र गैरलोकतान्त्रिक चरित्रको विरोध गर्ने निष्कर्ष निकालेको छ।
- विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन्।
काठमाडौँ । सरकारको गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन् ।
आज सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा भएको छलफल उक्त निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।
कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबिच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल नेकपाका युवराज दुलालले जानकारी दिए ।
एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए ।
संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको महरको भनाइ छ ।
प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण