शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश समाचार

मुख्यमन्त्रीले विश्वासकाे मत लिएको दुई दिनमै सङ्कटमा मधेस सरकार !

आइतबार, १० जेठ २०८३, १७ : ५८
आइतबार, १० जेठ २०८३

सारांश

  • दुई दिनअघि विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सङ्कटमा परेका छन् ।
  • सरकारलाई समर्थन गरेका जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाको समर्थनमा विश्वासको मत पाएका थिए ।
  • यदि नेकपा सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री यादवको सरकार ढल्ने देखिन्छ, किनकि नेकपा बाहिरिएमा कांग्रेस र एमालेको जम्मा ४६ मत मात्र हुनेछ ।

काठमाडौँ । दुई दिनअघि विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सङ्कटमा परेका छन् । मन्त्रालय भागबण्डामा गठबन्धन दलहरूबिच कुरा नमिल्दा यादव सरकार सङ्कटमा परेको हो ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी(जसपा) नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा जेठ ८ गते विश्वासको मत पाएका थिए ।

त्यसअघि प्रतिपक्षमा बसेको एमाले जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि सरकारमा सहभागी भएको थियो । तर पुनर्गठित मन्त्रिपरिषद्मा नेकपाले अर्थ मन्त्रालय दाबी गरेपछि कुरा बिग्रिएको स्रोतको दाबी छ । 

‘नेकपाले अर्थमन्त्री दाबी गरेको छ । तर मुख्यमन्त्रीले अर्थ एमालेलाई दिने सहमति भएको बताएपछि स्थिति गम्भीर देखिन्छ’, स्रोतले भन्यो। 

यता नेकपाका एक सांसदका अनुसार सरकारबाट बाहिरिने कि नबाहिरिने भन्नेबारे आन्तरिक छलफलमै रहेको बताए। 

स्रोतले भन्यो,‘हामी आन्तरिक छलफलमै छौँ । संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि सल्लाह भइरहेको छ’, यसै भन्न सकिँदैन। 

मुख्यमन्त्री यादवलाई एमालेको २४, कांग्रेसको २२, नेकपाको १५ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद गरी ६२ जनाले विश्वासको मत दिएका थिए । यदि नेकपा सरकारबाट बाहिरिएको खण्डमा सरकार ढल्ने देखिन्छ ।

हाल १०१ जना रहेको प्रदेश सभामा बहुमतका लागि ५१ जना सांसदको समर्थन चाहिन्छ । तर नेकपा सरकारबाट बाहिरिएमा कांग्रेस र एमालेको जम्मा ४६ मत मात्र हुनेछ।

679043362_1027747229783651_7189206551262985351_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप