शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

एमालेले विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने

आइतबार, १० जेठ २०८३, २१ : ३१
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई उहाँले मागेको जिम्मेवारी दिने भएको छ।
  • पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने निर्णय गर्दै बैठकले भण्डारीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
  • पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई मागेको जिम्मेवारी दिने भएको छ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको बैठकले पार्टीलाई एकताबद्ध गरेर अघि बढाउने निर्णय गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय गरेको हो । 

‘अध्यक्षको राजीनामा गर्नेजस्ता मिडियाबाजी भए । तर त्यो सत्य होइन, किनभने पार्टी एकताबद्ध बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । जसको प्रतिवेदन सुझावका आधारमा पार्टी पुनर्गठन गरिने’, सचिव महेश बस्नेतले भने, ‘अध्यक्षले गरेको प्रस्ताव पारित भएको छ । अब ओलीकै नेतृत्वमा पार्टी सशक्त ढङ्गले अघि बढ्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप