राजधानीमा घोंघी सांस्कृतिक साँझ २०८३ हुँदै, दर्जनभन्दा बढी कलाकारको प्रस्तुति
सारांश
- राजधानीमा 'हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान' भन्ने मूल नाराका साथ 'घोंघी सांस्कृतिक साँझ २०८३' आयोजना हुने भएको छ।
- घोंघी स्टेशन प्रा. लि. को आयोजनामा आगामी जेठ १५ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा थारु कला, संस्कृति र सङ्गीतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम हुन लागेको हो।
- कार्यक्रममा गायक, मोडल, गायिका, संगीतकार र नर्तक गरी दर्जनभन्दा बढी कलाकारले साङ्गीतिक तथा नृत्य प्रस्तुति दिनेछन्।
काठमाडौँ । 'हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान' भन्ने मूल नाराका साथ राजधानीमा 'घोंघी सांस्कृतिक साँझ २०८३' आयोजना हुने भएको छ।
घोंघी स्टेशन प्रा. लि. को आयोजनामा हुन लागेको यो कार्यक्रम आगामी जेठ १५ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ। आयोजक घोंघी स्टेशन प्रा. लि. ले एक विज्ञप्ति जारी गर्दै कार्यक्रमका विभिन्न पक्षबारे जानकारी दिएको हो।
आयोजकका अनुसार थारु कला, संस्कृति र सङ्गीतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा थारु साङ्गीतिक क्षेत्रका स्थापित तथा उदीयमान कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक एवं सङ्गीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चौधरीले आफ्ना चर्चित साङ्गीतिक प्रस्तुतिहरू दिनेछन्। त्यसैगरी, कार्यक्रमको आकर्षणको रूपमा मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई र डान्सर सुमिना चौधरीको नृत्य रहनेछ।
जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रम काठमाडौँमा रहेका थारु समुदाय र नेपाली कला–संस्कृति प्रेमीहरूका लागि एक महत्त्वपूर्ण उत्सव हुने विश्वास आयोजक घोंघी स्टेशन प्रा. लि. ले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण