आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमतीको प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट १३ गतेदेखि

सोमबार, ११ जेठ २०८३, १० : २४
सोमबार, ११ जेठ २०८३

सारांश

  • बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता जेठ १३ गतेदेखि १५ गतेसम्म काठमाडौं र ललितपुरमा सञ्चालन हुने भएको छ ।
  • विद्यालय तहका खेल प्रतिभाहरुको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १३ जिल्लाका उत्कृष्ट खेलाडीहरुले कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछन् ।
  • गत वर्ष राष्ट्रिय स्तरमा प्रथम स्थान हासिल गरेको बागमती प्रदेशले यस प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको छ ।

हेटौँडा । बागमती प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी जेठ १३ गतेदेखि हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म १६औं प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता सञ्चालन हुने भएको हो ।

विद्यालय तहका खेल प्रतिभाहरुको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए । काठमाडौं र ललितपुरमा आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन जेठ १३ गते दिउँसो १ बजे काठमाडौंको दशरथ रंगशालामा हुने उनले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा हुने उद्घाटन समारोह सम्पन्न हुने उनको भनाई छ । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट छनोट भई आएका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहनेछ ।

उनका अनुसार उक्त प्रतियोगिता अन्तर्गतच कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा खेल विधामा प्रतिस्पर्धा हुनेछ । सबै खेलहरु अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गरिने र प्रतियोगितालाई निष्पक्ष बनाउन अनुभवी निर्णायक तथा प्राविधिक समिति परिचालन गरिने उनले बताए ।

बागमती प्रदेशले यसअघि गत वर्षको राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३६ स्वर्ण, ११ रजत र ७ कास्य पदकका साथ समग्रमा प्रथम स्थान हासिल गरेको थियो । उक्त सफलताले खेलाडीहरुमा थप उत्साह जगाएको र यस वर्षको प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको उनले बताए ।

सहभागी खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकहरुका लागि आवास, खानपान, यातायात र स्वास्थ्य उपचारको उचित प्रबन्ध मिलाइएको उनको भनाई छ । प्रतियोगिता स्थलमै आपत्कालीन स्वास्थ्य सेवा र प्राथमिक उपचार टोली उपलब्ध रहनेछ भने सुरक्षा व्यवस्थाका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप