विकासमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : सभामुख
सारांश
- सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
- उनले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको उल्लेख गरे ।
- सभामुख अर्यालले नयाँ सरकार र जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासका विषयलाई राजनीतिक स्वार्थसँग जोड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
सोमबार नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकताका विषयमा समेत राजनीति गरिनु दुःखद भएको उल्लेख गरे ।
उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी ढंगले काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकताको पूर्तिबारे बहस गर्नुपर्ने अवस्था नआउने बताए ।
सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट पुराना गलत प्रवृत्ति दोहोरिन नहुने अपेक्षा व्यक्त गर्दै जनमुखी विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उनले स्थानीय तहले जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएको अर्यालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण