गणतन्त्र दिवस मनाउन बागमतीमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन
सारांश
- बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन ४३ सदस्यीय समिति गठन गरेको छ ।
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले जेठ १३ देखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
- गणतन्त्र दिवसको अवसरमा पत्रकारहरूलाई पुरस्कृत गरिनेछ र सरकारी निकायहरूलाई वेबसाइटमा सन्देश राख्न निर्देशन दिइएको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन समिति गठन गरेको छ ।
जेठ १५ गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजनत्वमा ४३ सदस्यीय समिति गठन गरिएको हो ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा जेठ ११ गते बसेको बैठकले गणतन्त्र दिवस ४ दिनसम्म विभिन्न कार्यक्रम सहित मनाउने निर्णय समेत गरेको छ ।
प्रदेशमा गणतन्त्र दिवसलाई व्यवस्थित बनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समितिमा प्रदेश सभाका सभामुख, मन्त्रीहरू, विपक्षी दलका नेता, उपसभामुख, मुख्यन्यायाधिवक्ता, विभिन्न आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकले गणतन्त्र दिवस जेठ १३ गतेदेखि १६ गतेसम्म प्रदेशभर विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।
जसमा जेठ १३ गते 'गणतन्त्र स्थापनाको १८ वर्ष: कार्यान्वयन र चुनौती' विषयमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ भने जेठ १४ गते सार्वजनिक रक्तदान, नि:शुल्क स्वास्थ्य शिविर, वृक्षारोपण र साँझ दीपावली गरिनेछ ।
जेठ १५ गते बिहान हेटौँडा नगर क्षेत्रमा सरसफाइ, ५ हजार मिटरको खुला दौड प्रतियोगिता र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मूल समारोह आयोजना गरिनेछ । उक्त समारोहमा स्थानीय संस्कृति झल्कने झाँकीहरू प्रदर्शन गरिनेछ भने उत्कृष्ट ४ जना पत्रकारहरूलाई जनही नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
बैठकले जेठ १४, १५ र १६ गते तीन दिनसम्म साँझ प्रदेशस्थित सबै सरकारी कार्यालयहरू, सार्वजनिक निकायहरू र आम नागरिकका घर-घरमा दीपावली गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा हेटौँडाको बुद्ध चोक र बसपार्कमा राष्ट्रिय झण्डा फहराउने व्यवस्था समेत मिलाएको छ । साथै सबै मन्त्रालय र मातहतका कार्यालयहरूलाई आ-आफ्नो वेबसाइटको होमपेजमा गणतन्त्र दिवसको सन्देश राख्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण