म इरानसँग नराम्रो सम्झौता गर्दिन : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
- उनले इरानसँग राम्रो र निष्पक्ष सम्झौता खोज्ने बताएका छन्, जुन पूर्व राष्ट्रपति ओबामाको सम्झौताभन्दा फरक हुनेछ ।
- हाल भइरहेको छलफलमा ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरू पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ता समावेश छन् ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिइएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानसँग राम्रो सम्झौता खोज्ने पनि बताएका छन् ।
यद्यपि, पहिलेका रिपोर्टहरूले सम्झौता नजिकिँदै गएको सुझाव दिएका थिए । यस क्रममा उनले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना गरेका छन् ।
अमेरिकी मिडियाका अनुसार अहिले छलफल भइरहेका सम्झौतामा ६० दिनको युद्धविराम विस्तार गर्ने, हर्मुज जलडमरू पुनः खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ताहरू समावेश छन् ।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि मैले इरानसँग सम्झौता गरेँ भने यो राम्रो र निष्पक्ष हुनेछ । ओबामाको जस्तो सम्झौता होइन, जसले इरानलाई धेरै नगद दियो र आणविक हतियार विकास गर्ने बाटो खोल्यो ।’
उनले थप भनेका छन्, ‘हाम्रो सम्झौता ठिक विपरीत छ, तर कसैले यसलाई देखेको छैन र यो के हो भनेर कसैलाई थाहा छैन । यसलाई अझै अन्तिम रूप दिइएको छैन । त्यसैले यसको आलोचना गर्नेहरूको कुरा नसुन्नुहोस् उनीहरूलाई यसको बारेमा केही थाहा छैन ।’
आफूभन्दा अगाडिकाहरूले यो समस्या वर्षाैं अघि नै समाधान गरिसक्नुपर्ने तर उनीहरूले गरेनन् भन्दै उनले आफूले नराम्रो सम्झौता नगर्ने दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण