२७ अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार
काठमाडौँ । सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । सातको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो ।
यो दिन ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचुअल फन्डको सूचक घटेको छ ।
आज बजारमा २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन आएको छैन । सबैभन्दा धेरै वृद्धि थ्रिस्टार हाइड्रोपावरमा ९.०१ रुपैयाँले हुँदा सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् ।
सबैभन्दा धेरै गिरावट बुंगल हाइड्रोपावरमा १०.३२ प्रतिशतले भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ ।
आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिम प्राप्तकै भरमा डेन्टल क्लिनिक : दर्ता नभएका जनशक्तिबाटै बिरामीको परीक्षण
-
सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
-
कार्यकारी निकायले अख्तियारलाई ‘निर्देशन’ दिन मिल्छ ?
-
कर्णालीमा एमालेले भन्यो– ‘मन्त्री नै आयोजक हुने, त्यसमा सरकारको लगानी हुने कुरा अलिकति स्वार्थ बाझिएको हो कि ?’
-
बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते
-
‘टोल टोलमा फिल्म महोत्सव’ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण