रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणबारे के भन्छन् सरकारका प्रवक्ता ?
काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको भ्रमणको विषयलाई जोडेर हेर्नु आवश्यक नरहेको स्पष्ट पारेका छन् ।
सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उजले यस्तो धारणा राखेका हुन् । लामिछानेले जेठ १८ र १९ गते भारत भ्रमण गर्दै छन् ।
प्रधानमन्त्री भारत भ्रमणमा ननिस्किएको अवस्थामा रास्वपा सभापति लामिछानेको भ्रमणलाई 'विकल्प'का रूपमा हेरिएको हो भनेर पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता पोखरेलले भने, 'प्रधानमन्त्रीज्यूको भारत जाने समय जतिखेर आउँछ, त्यतिबेला उहाँ जानुहुन्छ । अहिले उहाँ भारत मात्र नभई कतै पनि जानुभएको छैन । अहिले हाम्रो पहिलो १०० दिनको कार्यव्यस्तता धेरै भएकाले काममा बढी फोकस हुनुपरेको छ ।'
सभापति लामिछानेको भ्रमणको प्रसंगमा मन्त्री पोखरेलले उनी आफ्नो हिसाबले भ्रमणमा निस्किएको र त्यसलाई सरकारको औपचारिक भ्रमणसँग जोड्नु गलत हुने बताए। 'सभापतिज्यू आफ्नो ढंगले जानुभएको हो । यसलाई प्रधानमन्त्रीज्यूको भ्रमणसँग जोडेर हेर्न त पाइयो, तर त्यसको कुनै सम्बन्ध छैन,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण