बागमती प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस
मकवानपुर । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)पेस गरेका हुन्।
संसद्मा पेस भएको उक्त प्रस्तावमाथि मङ्गलबार बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने छ। प्रदेश सरकारले सार्वजनिक सेवालाई प्रविभिमैत्री एवं सरल बनाउने, स्वदेशी तथा विदेशी लगानी भित्राउन तीन तहका सरकारहरूबिच समन्वय र सहकार्यबाट विकास आयोजनाहरू अघि बढाउने नीति लिएको मन्त्री तामाङले बताए।
सरकार प्रयावरणीय लाभलाई उपभोग गर्दै वातावरण मैत्री आयोजनाहरू कार्यान्वयन गर्ने गरी प्राथमिकीकरण गर्ने रणनीति लिएको उनको भनाइ छ।
डिजिटल राजस्व प्रणाली विकास गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न प्राथमिकता गर्ने, कर प्रशासनमा डिजिटल प्रणाली विकास गर्ने, विकास आयोजनाको प्रगतिलाई नागरिकले हेर्न मिल्ने प्रणाली विकास गरिने उनले बताए ।
प्रदेशको सन्तुलित विकासका लागि सडकहरूको एकीकृत विकास आयोजना, प्रादेशिक सडक गुरुयोजना अनुसार पूर्वाधारको प्राथमिकीककरण गर्ने सरकारको रणनीति रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण