पर्यटनमन्त्री पौडेल र युरोपियन युनियनका राजदूतहरूबिच भेटवार्ता
सारांश
- पर्यटनमन्त्री र ईयु राजदूतबीच नेपालको पर्यटन विकासबारे छलफल भएको छ ।
- पर्यटन प्रवद्र्धनमा युरोपेली मुलुक सहयोग गर्न तत्पर रहेको राजदूतहरुले बताए ।
- मन्त्री पौडेलले नेपाल भ्रमण वर्ष र आरोग्य पर्यटन वर्षमा सहयोग मागेका छन् ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) र नेपालका लागि युरोपियन युनियन (इयु) का राजदूतहरूबिच सामूहिक शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा सोमबार भएको भेटमा राजदूतहरूले नेपालको पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि सरकारले अघि सारेका एजेन्डाप्रति चासो व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनीहरुले उक्त क्षेत्रको विकासमा युरोपेली मुलुक सहकार्य र सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
भेटमा मन्त्री पौडेलले नेपालको आर्थिक र सामाजिक विकासमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने बताए । उनले विशेष गरी पर्वतीय पर्यटन, साहसिक पर्यटन, योग, ध्यान, आरोग्य पर्यटन तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई सरकारले रणनीतिक महत्वका क्षेत्रका रूपमा प्राथमिकतामा राखेको जानकारी दिए ।
मन्त्री पौडेलले नेपाली नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट बाहिर ल्याउन र नेपाली आकाशलाई थप सुरक्षित एवं व्यावसायिक बनाउन सरकारले गम्भीरताका साथ काम गरिरहेको बताए ।
उनले आगामी सन् २०२७ मा मनाइने ‘आरोग्य पर्यटन वर्ष’ र विसं २०८५ मा आयोजना हुन लागेको नेपाल भ्रमण वर्षका सन्दर्भमा युरोपेली मुलुकबाट उल्लेख्य सङ्ख्यामा पर्यटक नेपाल आउने आशा व्यक्त गरे ।
उक्त भेटघाटले नेपाल र युरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्ध थप प्रगाढ हुने र पर्यटन क्षेत्रको विकासमार्फत नेपालको समृद्धिको आकाङ्क्षा पूरा गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण