एक महिनामा ३४८ महिलाले पाए निःशुल्क प्रसूति सेवा
सारांश
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा प्रभावकारी बन्दै छ।
- एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा पाए।
- नर्मल डेलिभरी २०८ र शल्यक्रिया १४० जनाले गराए।
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्कमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ ।
चालू आर्थिक वर्षको एक महिनामा ३४८ महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राडा वसन्त लामिछानेको नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान गरिँदै आएको छ । आमा सुरक्षा कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राडा सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताए । प्रतिष्ठानले दिएको जानकारीअनुसार प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी २०८ जना र शल्य चिकित्सा सेवा १४० जनाले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण