न्युरोडबाट ठुलो परिमाणमा भेप बरामद
मङ्गलबार, १२ जेठ २०८३, ०८ : १८
सारांश
- काठमाडौँको न्युरोडमा रहेको एक गोदाममा छापा मार्दा प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ ।
- आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल र दुई गोदामबाट २८ हजार ५ सय थान भेप बरामद गरिएको छ ।
- अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरका नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ । प्रहरीले काठमाडौँको न्युरोडबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मारेर भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद गरेर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ ।
अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण