क्रिकेट स्टार ऐरी अब एसियन ब्याट्रीको अनुहार
सारांश
- एसियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
- कम्पनीले 'भोल्टेक्स' सिरिज अन्तर्गतका नयाँ ब्याट्रीहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ।
- एसियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होन्डा र इसुजु जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ।
काठमाडौँ । नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एसियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
काठमाडौँको होटल याक एन्ड यतीमा आयोजित विशेष कार्यक्रममा कम्पनीले ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रीहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको हो।
४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको उक्त कार्यक्रमलाई कम्पनीले ब्रान्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्त्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको छ। आटोमोटिभ क्षेत्रमा नवीन प्रविधि ल्याउने योजना सहित गुणस्तर र उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राखेर यो सिरिज बजारमा ल्याइएको कम्पनीका चेयरम्यान सुरेश लोहनीले बताए।
कार्यक्रममा बोल्दै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले एसियन ब्याट्रीजस्तो गुणस्तरीय नेपाली ब्रान्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए। उनले नेपाली उत्पादनप्रतिको उपभोक्ताको विश्वास दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै एसियन ब्याट्रीले उद्योग क्षेत्रमा स्थापित गरेको पहिचान प्रशंसनीय रहेको बताए।
बिराटनगरमा उत्पादन केन्द्र र काठमाडौँमा कर्पोरेट कार्यालय रहेको एसियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होन्डा र इसुजु जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। प्रत्येक ब्याट्री कडा परीक्षणपछि मात्र बजारमा ल्याइने भएकाले उत्पादन भरपर्दो रहेको कम्पनीको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण