हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
सारांश
- मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।
- मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेललाई उनका श्रीमान ४५ वर्षीय रामलाल ब्लोनले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
- उपचारका क्रममा ओमकुमारीको मृत्यु भएको छ भने प्रहरीले श्रीमान रामलाललाई नियन्त्रणमा लिएको छ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
श्रीमानको कुटपिटबाट मनहरी गाउँपालिका निवासी ४२ वर्षीय ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान करिब १०ः३० बजे मनहरी गाउँपालिका–३ घर भएइ हाल हेटौंडा–१ बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी श्रीमती ४२ वर्षीया भुजेललाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिए ।
उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौकिटोलबाट खटिएको टोलीले घाइते भुजेललाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार मृतकको मुख, दुवै हातखुट्टा तथा ढाडमा निलडाम चोट देखिएको छ। कुटपिटमा संलग्न श्रीमान रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण