दाताले दान गरेका मानव शव इजरायली सेनालाई बेच्दै अमेरिका
एजेन्सी । अमेरिकाको युनिभर्सिर्टी अफ साउथर्न क्यालिफोर्नियाले वैज्ञानिक अनुसन्धान र चिकित्सकीय शिक्षाका लागि दान गरिएका मानव शवहरू अमेरिकी नौसेनालाई उपलब्ध गराएको तथा ती शवमध्ये केही इजरायली सैन्य चिकित्सकहरूको तालिममा प्रयोग भएको खुलासा भएपछि विवाद चुलिएको छ ।
विभिन्न अनुसन्धानमूलक प्रतिवेदनहरूले दाताहरू र तिनका परिवारलाई शवको प्रयोग सैन्यसम्बन्धी तालिममा हुन सक्नेबारे स्पष्ट जानकारी नदिइएको दाबी गरेका छन् ।
अमेरिकी नौसेना सँग विश्वविद्यालयले गरेको सम्झौताअनुसार सन् २०१७ यता कम्तीमा ८९ वटा शव सैन्य चिकित्सा तालिमका लागि प्रयोग गरिएको बताइएको छ । तीमध्ये ३२ वटा शव इजरायली सैन्य चिकित्सकहरूको शल्यक्रिया सम्बन्धी तालिममा प्रयोग भएको दाबी गरिएको छ ।
अनुसन्धानअनुसार यूएससीले यस कार्यक्रमबाट ८ लाख ६० हजार डलरभन्दा बढी रकम प्राप्त गरेको थियो ।
यो तालिम इजरायली सुरक्षा फौजका चिकित्सक, नर्स र एनेस्थेसियोलोजिस्टहरूलाई लक्षित रहेको बताइएको छ । कार्यक्रमको उद्देश्य युद्ध वा आपत्कालीन अवस्थाका घाइतेहरूको उपचारमा दक्षता विकास गर्नु रहेको विश्वविद्यालय पक्षले जनाएको छ ।
यद्यपि, मानव शरीर दान कार्यक्रमका आलोचकहरूले दाताको ‘जानकारीसहितको सहमति’ बिना शव सैन्य तालिममा प्रयोग गर्नु नैतिक रूपमा गम्भीर प्रश्न भएको बताएका छन् । केही विद्यार्थी र चिकित्सकहरूले पनि विश्वविद्यालयसँग पारदर्शिता माग गर्दै विरोध जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण