‘पर्यटकले जहाँ जे गरे पनि अध्यागमन प्रणालीमार्फत सहजै ट्र्याक गर्न युनिक आईडी आवश्यक छ’
सारांश
- पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताएका छन्।
- यो प्रणाली लागू भएपछि पर्यटक नेपालभित्र जहाँ गए पनि उनीहरूको गतिविधिसम्बन्धी विवरण अध्यागमन प्रणालीमार्फत ट्र्याक गर्न सहज हुनेछ।
- उनले सूचना संकलन प्रक्रिया सहज, छिटो र अतिरिक्त झन्झटबिना सञ्चालन हुने गरी प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताएका छन्।
मंगलबार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उक्त प्रणाली लागू भइसकेपछि विदेशी पर्यटक नेपालभित्र जहाँ गए पनि उनीहरूको गतिविधिसम्बन्धी विवरण अध्यागमन प्रणालीमार्फत ट्र्याक गर्न सहज हुने उनको भनाइ छ।
महानिर्देशक लामिछानेले विदेशी पर्यटकको तथ्याङ्क र सूचनालाई व्यवस्थित तथा सुरक्षित ढंगले राख्ने अध्यागमन विभागको प्रयास प्रशंसनीय रहेको बताए। उनले सूचना व्यवस्थापन प्रणाली विकास गर्दा पर्यटकको गोपनीयता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। सूचना संकलन प्रक्रिया सहज, छिटो र अतिरिक्त झन्झटबिना सञ्चालन हुने गरी प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै उनले भने, ‘विदेशबाट आउने पर्यटकहरूको तथ्याङ्क तथा सूचनाहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने जुन अध्यागमन विभागको प्रयास छ त्यो अत्यन्त प्रशंसनीय छ। हामी सबैको आपसी सहकार्यमा यो सम्भव भएको हो। अध्यागमन विभागले यसको नेतृत्व गरिरहेको छ। सूचना व्यवस्थापन प्रणालीमा हामीले कन्सियस हुँदै विकास गर्दै लैजानुपर्छ। सुरुमा हामीले पर्यटकको गोपनीयतामा ख्याल गर्नुपर्छ। त्यसको लागि हाम्रो सबै प्रणालीहरू प्रभावकारी हुन जरुरी छ।’
उनले थपे, ‘अर्को कुरा पर्यटकको सूचना संकलनको लागि हामीले अतिरिक्त एफोर्ट गर्नु नपरोस्। सहज रूपमा तथ्याङ्क संकलन गर्न सहज होस् भन्ने कुरा हेर्नुपर्छ। यति कुरा गर्न सकियो भने यसले हामी सबैको ज्ञान सिप अभिवृद्धि गर्न सहयोग नै गर्छ भन्ने लाग्छ। पर्यटक आउँदाखेरि इमिग्रेसन पोइन्ट्सहरू हुन्छन्। त्यहाँ नै विदेशी पर्यटकलाई एउटा युनिक आईडी दिन सकिन्छ। त्यसपछि उसले जहाँ जे गरे पनि इमिग्रेसनमा उसको प्रोफाइल आउँछ र हामीलाई ट्र्याक गर्न सजिलो हुन्छ।’
उनले पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका अतिरिक्त पर्यटकीय पूर्वाधार विकासमा समेत विशेष जोड दिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण