बुटवलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुटवल । पूर्वपश्चिम राजमार्गअन्तगत बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवाको मृत्यु भएको छ ।
आज बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक, बेलबासस्थित पूर्वपश्चिम राजमार्गमा काकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प ३४९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अर्घाखाँचीको शितगंगा नगरपालिका–४ ठाडा, वर्बोट निवासी ३० वर्षीय अमृत बेल्वासेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका बेल्वासेलाई तत्काल उपचारका लागि एडमन्ड सिटी अस्पताल, जितगढी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण