दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण: ३१ जनाको मृत्यु, ४० जना घाइते
बुधबार, १३ जेठ २०८३, ०३ : १५
सारांश
- दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
- लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणहरूमा अन्य ४० जना घाइते भएका छन् ।
- इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको थियो ।
काठमाडौँ । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा मङ्गलबार भएका इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अल जजीरा अरबीले जनाएअनुसार यी आक्रमणहरूमा अन्य ४० जना घाइते भएका छन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल–शमाली, कोथरियात अल–रुज, हबुस, मारका र साला लगायतका सहर तथा गाउँहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध सैन्य आक्रमण गरेको थियो ।
विभिन्न स्थानमा गरिएका यी हवाई प्रहारका कारण ठुलो सङ्ख्यामा मानवीय क्षति भएको विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण