भदौ २४ को घटना छानबिन गर्न सांसद हमालको माग
बुधबार, १३ जेठ २०८३, १२ : ०६
सारांश
- नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेकी छन्।
- सांसद हमालले सरकारसँग क्षति भएका संरचनाहरू बन्ने योजनाबारे प्रश्न सोधिन्।
- उनले देशको ऐतिहासिक धरोहर सिंहदरबार कहिले बन्छ भन्नेबारे जानकारी माग गरिन्।
काठमाडौँ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमाल भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको जारी बैठकमा सांसद हमालले भदौ २४ को छानबिन हुन्छ कि हुँदैन ? भन्दै प्रश्न गरिन्।
त्यस्तै उनले सरकारसँग क्षति भएका संरचनाहरू बन्ने के योजना छ ? भन्ने प्रश्न पनि सोधिन् । उनले देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजनाबारे पनि जानकारी माग गरिन् ।
उनले भनिन्, ‘नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण