सवारी साधनको संख्या ६२ लाख नाघ्यो, ८१ प्रतिशत हिस्सा मोटरसाइकलकै
सारांश
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ ।
- कुल सवारी साधनमध्ये ८१ प्रतिशतभन्दा बढी अर्थात् ५० लाख ६४ हजार ३ सय ६४ वटा मोटरसाइकल दर्ता भएका छन् ।
- चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्र २ लाख ८१ हजार ९ सय २१ नयाँ सवारी साधन दर्ता भएका छन् ।
काठमाडौँ । नेपालमा सवारी साधनको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ ।
कुल दर्ता भएका सवारी साधनमध्ये दुई पाङ्ग्रे (मोटरसाइकल) को हिस्सा सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार देशभर ५० लाख ६४ हजार ३ सय ६४ वटा मोटरसाइकल दर्ता भएका छन् ।
यो कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हिस्सा हो । यसले नेपालीहरूको व्यक्तिगत गतिशीलताका लागि मोटरसाइकलमाथिको निर्भरता उच्च रहेको देखाउँछ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारी साधन दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यस्तो संख्या ५९ लाख ६७ हजार ८ सय २१ रहेको थियो ।
दर्ता भएका सवारी साधन:
मोटरसाइकल ५०६४३६४
कार, जीप र भ्यानः ४,००,१२२
ट्रयाक्टर र पावर टिलरः १,९८,१८१
ट्याम्पोः १,१८,७५१
ई–रिक्साः ८८,७९०
बसः ७६,०१४
ट्रक र टिपरः १,३५,८३२
माइक्रो बसः १३,८७३
सङ्घीयता लागू भएपछि सवारी साधनको दर्ता र व्यवस्थापन प्रदेश सरकारको मातहतमा गएको छ ।
तर, कतिपय प्रदेशहरूले दर्ता भएका सवारी साधनको एकीकृत तथ्याङ्क नियमित रूपमा पठाउन नसक्दा राष्ट्रिय स्तरमा सही विवरण सङ्कलन गर्न केही चुनौती देखिएको सर्वेक्षणले औँल्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण