किशोर श्रेष्ठमाथि प्रहरी निगरानीकाे विश्व प्रेस काउन्सिलले गर्याे निन्दा
काठमाडौँ । विश्व प्रेस काउन्सिल (डब्लुएपिसी)ले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि प्रहरी निगरानी र स्रोत खुलाउन दबाब दिइएको भन्दै निन्दा गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले प्रहरी निगरानी र समाचारका स्रोत खुलाउन दबाब दिने कार्यले प्रेस स्वतन्त्रता र स्रोत सुरक्षाको मर्ममाथि गम्भीर प्रहार गरेको जनाएको हो।
काउन्सिलले प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठलाई त्रास देखाएर प्रतिशोधपूर्ण व्यवहार गरिनु लोकतान्त्रिक मूल्य र पत्रकारिताको अन्तर्राष्ट्रिय मापदण्डविपरित रहेको उल्लेख गरेको छ।
काउन्सिलका अध्यक्ष डेभिड ओमवोयोले भनेका छन्, ‘हामी नेपालका सबै सरोकारवाला निकायहरूई प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकार श्रेष्ठको सुरक्षा सुनिश्चित गर्न र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण