बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, १३ जेठ २०८३, १९ : ४१
रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलामको मृत्यु भएको हो ।
बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण