मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ड्यालसमा ‘हिमालय डायलग’ आयोजना हुँदै

बुधबार, १३ जेठ २०८३, २३ : २६
बुधबार, १३ जेठ २०८३

सारांश

  • हिमालय खबरले विभिन्न विषयमा विज्ञ र अनुभवीहरूबाट बहस तथा मन्थन गर्न 'हिमालय डायलग' सुरु गर्न लागेको छ।
  • यस अन्तर्गत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरको संयोजनमा 'हिमालयखबर संवाद, कविता र किताबका कुरा' नामक विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुँदैछ।
  • कार्यक्रममा एकल कविता वाचन, 'अमेरिकामा नेपाल-मन्थन', 'केही टाढाका कुरा, केही नजिकका कुरा' विषयमा संवाद र 'किताबका कुरा' अन्तर्गत लेखकको विचार प्रस्तुत गरिनेछ।

काठमाडौँ । टेक्ससवाट प्रकाशित हुँदै आएको हिमालय खवरले विभिन्न विषय वस्तु तथा समसायिमक विषयहरुमा विज्ञ तथा अनुभवीहरुबाट वहश र मन्थन गर्नको लागि ‘हिमालय डायलग’ प्रारम्भ गर्न लागेको छ । 

यसै सिलसिलामा हिमालयखबरको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरको संयोजनमा ‘हिमालयखबर संवाद, कविता र किताबका कुरा’ विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने भएको छ ।

आगामी शनिबार अर्थात  मे ३० तारिखको दिनलाई तय गरिएको उक्त कार्यक्रम साँझ ४ बजे भेटघाट रेस्टुरेन्ट इर्विंगमा सुरु हुने हिमालयखबरका प्रबन्ध सम्पादक तथा कार्यक्रमका संयोजक विकासराज न्यौपानेले जानकारी दिए ।  

कार्यक्रममा टेलिभिजन प्रस्तोता , पत्रकार तथा कवि नारायण श्रेष्ठद्वारा एकल कविता वाचन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ‘अमेरिकामा नेपाल–मन्थन’ विषयमा कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक तथा लेखक सुधीर शर्मा र अनलाइन खबरका प्रधान सम्पादक वसन्त बस्नेतसँग विशेष संवाद हुने कार्यक्रम रहेको छ ।

यसैगरी ‘केही टाढाका कुरा, केही नजिकका कुरा’ विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरेबिच विचार आदानप्रदान हुनेछ भने ‘किताबका कुरा’ अन्तर्गतको सेसनमा अज्ञात पुस्तकका लेखक केशवराज ज्ञवालीको विचार सुन्न सकिनेछ ।

कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार तथा लेखक सञ्जय घिमिरेले गर्नेछन् । आयोजकका अनुसार कार्यक्रममा नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समसामयिक विषयका साथै नेपाली सामुदायिकका सवालहरू माथि पनि खुला संवाद हुनेछ ।

ड्यालस, टेक्सस क्षेत्रमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई साहित्यिक तथा वैचारिक अन्तरक्रियालाई सफल बनाउन आयोजकले निमन्त्रणा समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप