सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ: ओली
बिहीबार, १४ जेठ २०८३, ०६ : ४९
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् ।
- उनले इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
- उनले नेपालका विविधता बिचको एकता नै हाम्रो शक्ति भएको र यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् ।
इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो बताएका हुन् ।
'यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन्। हाम्रो शक्ति यहाँका विविधता बिचको एकतामा छ। यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ' उनले सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण