फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
तेहरान । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोलीका लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ ।
महासङ्घका अध्यक्ष मेहदी ताजले भने, “फिफाले ‘मल्टिपल इन्ट्री (बहुप्रवेशी)’ भिसा दिने अपेक्षा गरिएको छ ताकि खेलाडीहरू अमेरिका प्रवेश गर्न र मेक्सिको फर्कन सकून्।”
‘टिम मेली’ को रूपमा चिनिने इरानी टोलीले सुरुमा प्रतियोगिताको क्रममा एरिजोनाको टक्सनमा रहने योजना बनाएको थियो तर पछि यसको प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ । यसले अमेरिका र क्यानडासँगै विश्वकपको सह–आयोजना गर्नेछ।
अमेरिकी भिसासँग सम्बन्धित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमा सिधै मेक्सिको यात्रा गर्न अनुमति दिनका लागि यो कदम चालिएको ताजले यसअघि बताएका थिए ।
इरानले समूह ‘जी’ का सबै तीन खेल अमेरिकामा खेल्नेछ । उनले भने, “अब मेक्सिको जाने निश्चित भएको छ । टोली तयारी गरिरहेको छ।”
फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले गरेको बमबारी अभियानपछि सुरु भएको पश्चिम एसिया युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता महिनौँदेखि अनिश्चित थियो।
टोलीले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग खेल्नेछ भने समूह चरणमा बेल्जियमसँग सोही सहरमा र इजिप्टसँग सियाटलमा खेल्नेछ।
बिहीबार ताजले इरानका प्रसिद्ध स्ट्राइकरलाई सङ्केत गर्दै सरदार अजमुनको अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका थिए ।
टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक टोलीको सूचीबाट उनलाई हटाइएको बताएका थिए। बायर लेभरकुसेन र एएस रोमाबाट खेलिसकेका अज्मौनले यसअघि पनि सरकार विरोधी प्रदर्शनको समर्थन गरेका थिए ।
उनले इरानी मिडियाबाट पनि आलोचनाको सामना गरेका थिए । मार्चमा प्रकाशित एक फोटोले उनलाई दुबईका शासकसँग देखाइएको थियो, जहाँ उनी हाल खेल्छन् र बस्छन् ।
सोमबार इरानका एक उपराष्ट्रपतिले अज्मौनलाई राष्ट्रिय टोलीमा पुनर्स्थापित गर्न आह्वान गरेका थिए । हालैको इन्स्टाग्राम पोस्टमा अजमौनले भनेका छन्, “उहाँले एक पटक ‘अर्को देशको धेरै ठूलो वित्तीय प्रस्ताव’ अस्वीकार गर्नुभएको थियो र आफूलाई ‘इरानको सन्तान’ भन्नुभएको थियो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण