राष्ट्रसङ्घमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने
सारांश
- राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसको अवसरमा दुई नेपाली शान्ति सैनिक सुरज लामिछाने र देवीराम जैसीलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदकबाट सम्मान गरिने भएको छ ।
- संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम रहेको छ ।
- नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक हो, जहाँ ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी कर्मचारी परिचालन भएका छन् ।
काठमाडौँ । राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसङ्घीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ ।
यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ । ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी जुन यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्ति सेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ ।
साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ । यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो । नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण