अवैध तथा असुरक्षित सामान बिक्री गरेको आरोपमा टेमुलाई युरोपमा २० करोड युरो जरिवाना
सारांश
- चिनियाँ अनलाइन खुद्रा विक्रेता कम्पनी तेमुलाई युरोपेली संघ (ईयू)ले आफ्नो प्लेटफर्ममा अवैध तथा असुरक्षित सामान बिक्री हुन दिएको आरोपमा २० करोड युरो जरिवाना तिराएको छ ।
- अनुसन्धानका क्रममा टेमुबाट खरिद गरिएका धेरै चार्जर आधारभूत विद्युतीय सुरक्षा परीक्षणमा असफल भएका थिए र धेरै शिशु खेलौनामा कानुनी सीमा भन्दा बढी रसायन भेटिएको पाइएको थियो ।
- जरिवानासँगै टेमुले आगामी २८ अगस्टभित्र समस्या समाधानका लागि कार्ययोजना पेस गर्नुपर्नेछ ।
ब्रसेल्स । चिनियाँ अनलाइन खुद्रा विक्रेता कम्पनी टेमुलाई आफ्नो प्लेटफर्ममा अवैध तथा असुरक्षित सामान बिक्री हुन दिएको आरोपमा यूरोपेली संघ (ईयू)ले २० करोड युरो (झन्डै २३ करोड २० लाख अमेरिकी डलर) जरिवाना तिराएको छ । युरोपेली आयोगका अनुसार टेमुले खतरनाक शिशु खेलौना, खराब चार्जरजस्ता उत्पादनबाट उपभोक्तालाई हुन सक्ने जोखिम पहिचान, विश्लेषण र मूल्याङ्कन गर्न पर्याप्त सावधानी अपनाउन असफल भएको थियो ।
टेमुमाथि सन २०२४ अक्टोबरदेखि ईयूको डिजिटल सेवा कानुनअन्तर्गत ‘धेरै ठुलो अनलाइन प्लेटफर्म’का रूपमा आफ्नो दायित्व पूरा गरेको छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको थियो । अनुसन्धानका क्रममा स्वतन्त्र परीक्षण संस्थामार्फत गरिएको ‘मिस्ट्री सपिङ’मा टेमुबाट खरिद गरिएका धेरै चार्जर आधारभूत विद्युतीय सुरक्षा परीक्षणमा असफल भएका थिए । त्यस्तै, धेरै शिशु खेलौनामा कानुनी सीमा भन्दा बढी रसायन भेटिएको तथा निस्कन सक्ने साना भागहरूले बच्चालाई निसास्सिने जोखिम रहेको पाइएको थियो ।
जरिवानासँगै टेमुले आगामी २८ अगस्टभित्र समस्या समाधानका लागि कार्ययोजना पेस गर्नुपर्नेछ। त्यसपछि युरोपेली आयोगले कम्पनीले पर्याप्त सुधार गरेको छ कि छैन भन्ने निर्णय गर्नेछ । ईयूका प्रविधि आयुक्त हेन्ना भिर्कुनेनले यो निर्णय टेमुलाई बलियो सन्देश दिनका लागि गरिएको बताएका छन् ।
टेमुले भने उक्त निर्णयप्रति असहमति जनाउँदै जरिवाना अत्यधिक भएको प्रतिक्रिया दिएको छ । कम्पनीका प्रवक्ताले निर्णय २०२४ को अवस्थासँग सम्बन्धित रहेको र हालको प्रणालीलाई प्रतिबिम्बित नगर्ने बताएका छन् । यो ईयूको डिजिटल सेवा ऐनअन्तर्गत सामग्रीसम्बन्धी दोस्रो ठुलो जरिवाना हो । यसअघि गत डिसेम्बरमा माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई १२ करोड युरो जरिवाना तिर्न आदेश दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण