सगरमाथा नेपाल र नेपालीको पहिचान : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरु पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पत्र हुने जोखिम बढ्दो रहेको बताएका छन् ।
मुख्य मन्त्री कार्कीले शुभकामना सन्देशमा कोशी प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण, सुरक्षित पर्वतीय पर्यटन र दिगो विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने दृढ सङ्कल्पित रहेको उल्लेख गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा सगरमाथ दिवस मनाइने गरिएको छ । सगरमाथा नेपालको कोशी प्रदेशमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण