प्रधानमन्त्री बालेनको सेतो जुत्ता ‘गोल्डस्टार’ को, सांसद विदुषीलाई देखाए
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले बजेट भाषणपछि आफूले लगाएको सेतो जुत्ता स्वदेशी ब्रान्ड 'गोल्डस्टार'को रहेको खुलाएका छन्।
- संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणासँग कुराकानी गर्दै आफ्नो जुत्ता नेपालकै उत्पादन भएको जानकारी दिएका थिए।
- सांसद राणा प्रख्यात गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन्।
काठमाडौँ । बजेट भाषणपछि संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफूले लगाउने गरेको सेतो जुत्ता स्वदेशी ब्रान्ड ‘गोल्डस्टार’ को रहेको खुलाएका छन्।
शुक्रबार बजेट भाषण सकिएपछि संसद् बैठकबाट बाहिरिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्।
_opIXtOJJzU.jpg)
बैठक सकेर बाहिर निस्किने क्रममा प्रधानमन्त्री शाह संसद् भवनको लबीमा सांसदहरूसँग हात मिलाउँदै छोटो भलाकुसारी गरिरहेका देखिन्थे। सोही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणासँग केहीबेर गफिएका थिए। कुराकानीका क्रममा प्रधानमन्त्री शाहले आफूले लगाएको सेतो जुत्ता देखाउँदै ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि’ भनेर जानकारी गराएका थिए।
_lbYIkDbDYw.jpg)
सांसद विदुषी राणा नेपालको प्रख्यात गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन्। प्रधानमन्त्री शाहले प्रायः लगाउने गरेको उक्त चर्चित सेतो जुत्ता गोल्डस्टारकै रहेको कुरा आज संसद् भवनमा दुई राजनीतिकर्मीबिच भएको यही रमाइलो संवादका क्रममा खुलेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण