जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने
सारांश
- जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास गरिने घोषणा भएको छ।
- आगामी बजेटमा सडक स्तरोन्नति र मधेसको विकासका लागि रकम विनियोजन।
- यस घोषणाले पर्यटक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा।
जनकपुरधाम । सङ्घीय सरकारका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमार्फत सो घोषणा गरेका हुन् । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए । मधेस प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व पश्चिम राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रमलगायत मधेसको शिक्षा, स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्ने बजेट व्यक्तब्यमा उल्लेख छ ।
अर्थमन्त्री डा वाग्लेको उक्त घोषणालाई प्रदेशमा सकारात्मक रूपमा लिइएको छ । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले वर्तमान सरकारको यो घोषणाले जनकपुरधाममा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने तथा यसबाट रोजगारीको वातावरण तयार हुने बताए। साथै बजेटमार्फत सरकारले करको दरमा गरेको छुटको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई राहत मिलेको र यसबाट उद्योग तथा व्यवसायीलाई सहयोग पुग्ने उनले विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण