महिला अधिकारको कार्यान्वयन र पहुँच मुख्य चुनौती : अध्यक्ष पराजुली
सारांश
- राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकार सुनिश्चित गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा चुनौती रहेको बताएकी छन् ।
- उनले संवैधानिक र कानुनी अधिकार लक्षित वर्गसम्म पुर्याउनु प्रमुख कार्यभार भएको बताइन् ।
- उनले मन्त्रिपरिषद्मा ४०% महिला सहभागिता र महिला मन्त्रालयलाई बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गरिन् ।
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताएकी छन् ।
शनिबार काठमाडौँमा राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले हाल जारी रहेको संविधान संशोधनको बहसका क्रममा लैङ्गिक पक्षलाई थप सुदृढ बनाउन सुझावहरू प्राप्त भइरहेको उल्लेख गरेकी हुन् ।
उनले संवैधानिक र कानुनी रूपमा प्राप्त अधिकारहरूलाई लक्षित वर्गसम्म पुर्याउनु नै अहिलेको प्रमुख कार्यभार भएकोमा जोड दिइन् । वर्तमान सरकार महिलामैत्री र लैङ्गिक सवालमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले सरकारको हालसम्मको कार्यसम्पादनप्रति सन्तोष व्यक्त गरिन् ।
उनले इतिहासमै पहिलो पटक मन्त्रिपरिषद्मा ४० प्रतिशत महिलाको उपस्थिति हुनु र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजन हुनुलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गरिन् ।
अध्यक्ष पराजुलीले भनिन्, ‘हाम्रो संविधान र कानुनले अधिकारको सुनिश्चितता त गरेको छ, तर ती अधिकारको वास्तविक प्रयोग र पहुँचमा पुग्नु नै सबैभन्दा ठुलो चुनौती हो । अब राज्य, सरकार, नागरिक समाज र विभिन्न सङ्घसंस्थाहरू मिलेर अधिकारको पहुँच अभिवृद्धि गर्ने ठोस रणनीति बनाउनु आवश्यक छ । वर्तमान सरकारले लैङ्गिक सवाललाई सकारात्मक ढङ्गले ग्रहण गर्दै कार्यान्वयनमा लगेको हामीले अनुभूति गरेका छौँ । मन्त्रिपरिषदमा महिलाको उल्लेख्य सहभागिता र मन्त्रालयलाई विनियोजित बजेटले महिला सशक्तीकरणको क्षेत्रमा नयाँ आशा जगाएको छ ।’
अध्यक्ष पराजुलीले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै बाँकी रहेका विभेदहरू अन्त्य गर्न सबै पक्षको सामूहिक प्रतिबद्धता र सक्रियताको खाँचो रहेको समेत स्पष्ट पारिन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण