मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अभिनेत्री रेखा थापा
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् ।
अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो ।
शनिबार नायिका रेखा थापा र मेदान्त आयुर्वेद अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो नयाँ सहकार्यसँगै अबको एक वर्षसम्म अभिनेत्री थापाले अस्पतालका विभिन्न प्रचार–प्रसार, प्रवद्र्धनात्मक गतिविधि र स्वास्थ्य सचेतना अभियानहरूमा सक्रिय रूपमा आफ्नो साथ र सहभागिता जनाउनेछिन् ।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि आफ्नो खुसी व्यक्त गर्दै अभिनेत्री रेखा थापाले मेदान्त आयुर्वेद अस्पतालले नागरिकलाई पुर्याउँदै आएको सेवा र उपचार पद्धति अत्यन्तै प्रशंसनीय र मन छुने भएकाले आफू यस संस्थाको ब्रान्ड एम्बास्डर बन्न तयार भएको बताएकी छन् ।
खासगरी परम्परागत र प्राकृतिक चिकित्सा पद्धतिलाई सर्वसुलभ रूपमा जनमानसमा लैजाने अस्पतालको उद्देश्यलाई सघाउन पाउनु आफ्ना लागि गौरवको विषय भएको उनको भनाइ थियो । थापाले आयुर्वेद स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
विगत लामो समयदेखि सर्वसाधारणलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको मेदान्त आयुर्वेद अस्पतालले मात्र एक सय रुपैयाँमा ओपिडी सेवा उपलब्ध गराउँदै आएको अस्पतालका संचालक डाक्टर सुवर्ण पौडेलले जानकारी दिएका छन् । विपन्न तथा सर्वसाधारण नागरिकले पनि सहजै उपचार पाउन सकून् भन्ने उद्देश्यले अस्पतालले यस्तो सहुलियत दर निर्धारण गरेको उनको भनाइ छ ।
प्रतिष्ठित अभिनेत्री रेखा थापा जस्तो जनप्रिय व्यक्तित्वसँगको सहकार्यले अस्पतालको सेवा प्रवाह र विश्वसनीयतालाई आम नागरिकमाझ थप व्यापक बनाउन ठूलो टेवा पुग्ने विश्वास डाक्टर पौडेलले व्यक्त गरेका छन् । यो साझेदारीले आगामी दिनमा अस्पतालको ब्रान्ड भ्यालु बढाउनुका साथै धेरै भन्दा धेरै बिरामीलाई आयुर्वेदिक उपचार तर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा अस्पताल प्रशासनले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण