डेढ महिनाअघि हराएका व्यक्तिको शव भेटियो जंगलमा
शनिबार, १६ जेठ २०८३, २० : ५४
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ ।
वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरी गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीले सडेको अवस्थामा भेटिएको छन्त्यालको शव कपडाको आधारमा घरपरिवारका सदस्यहरूले सनाखत गरेपछि उहाँहरूको जिम्मा लगाइएको जानकारी दिए ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले शव भेटिएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना र ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेर अनुसन्धान र शव उठाई परिवारको जिम्मा लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण