लेबनानमा इजरायली आक्रमण : भग्नावशेषबाट बालकको जीवितै उद्धार
शनिबार, १६ जेठ २०८३, २२ : १९
बेरुत । लेबनानमा इजरायली आक्रमणपछि घरको भग्नावशेषमा फसेका सात वर्षीय बालकलाई उद्धारकर्ताहरूले बाहिर निकालेका छन् । आक्रमणमा बालकका बाबु र दिदीको मृत्यु भएको थियो ।
बालकको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा आफ्ना बाबु र दिदीबहिनीले ज्यान गुमाएको अहिलेसम्म उनलाई जानकारी दिइएको छैन । गत अप्रिलमा इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा युद्धविराम लागू भएको थियो ।
त्यसयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । दुवै पक्षबाट कैयौँ पटक युद्धविराम उल्लङ्घन भएको छ । इजरायली सेनाले हिजबुल्लाहका १०० भन्दा बढी स्थानलाई निशाना बनाएको र सर्वसाधारणलाई निशाना नबनाएको बताएको छ।
इजरायल र लेबनान बीचको यो युद्धविराम सम्झौतामा हिजबुल्लाहको प्रत्यक्ष संलग्नता थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण