उच्च बार एसोसिएसनको अध्यक्षमा पाठक
शनिबार, १६ जेठ २०८३, २३ : ०७
सारांश
- उच्च बार एशोसिएसनको अध्यक्षमा भोजराज पाठक निर्वाचित भएका छन् ।
- सचिव पदमा रोशनलाल चौधरी निर्वाचित भएका छन् ।
- उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित उच्च बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन् । एसोसिएसनको छैटौँ कार्यसमितिका लागि शनिबार अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो ।
प्रमुख निर्वाचन अधिकृत गजेन्द्र रावलका अनुसार सचिव पदमा रोशनलाल चौधरी निर्वाचित भएका छन् । यसअघि उपाध्यक्षमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्षमा सुरेन्द्रप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै सदस्यतर्फ धनबहादुर राना, सरिता गैरे, सुदर्शन कुँवर, हरिप्रसाद जोशी र धनराज शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण