मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : जनार्दन शर्मा

आइतबार, १७ जेठ २०८३, १८ : २९
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।
  • प्रधानमन्त्री शाहले आइतबार संसद्‌मा सांसदले सोधेको प्रश्नको जवाफमा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए ।
  • शर्माले फेसबुकमा लेखेका छन्, 'नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति आपत्तिजनक छ ।'

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।

आइतबार संसद्‌मा सांसदले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालकाे सीमा मिचेकाे नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। उक्त अभिव्यक्तिप्रति पूर्वअर्थमन्त्री समेत रहेका शर्माले आपत्ति जनाएका हुन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति आपत्तिजनक छ।’   

प्रधानमन्त्री शाहले दिएकाे उक्त अभिव्यक्तिकाे आलाेचना भइरहेकाे छ।

j

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप