नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको सहयोग
सारांश
- अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिकाबिच उद्यमशीलता तथा नवप्रवर्तनमार्फत रहेको बलियो सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
- उनले अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटनमा टेवा पुर्याइरहेको र यसले अमेरिकी व्यवसायका लागि समेत नयाँ अवसर सिर्जना गरिरहेको बताइन् ।
- नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न साझेदारी अझ सुदृढ बनाइने रोजर्सले बताइन् ।
काठमाडौँ । अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिकाबिच उद्यमशीलता तथा नवप्रवर्तनमार्फत रहेको बलियो सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
एसेन्ट समिट २०२६ मा आफ्नो धारणा राख्दै उनले उच्च गुणस्तरका आउटडोर सामग्रीदेखि अत्यन्त कठिन हिमाली वातावरणका लागि विकसित सञ्चार प्रविधिसम्मका अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटनमा टेवा पुर्याइरहेको बताइन् । यस्ता उत्पादन तथा सेवाले अमेरिकी व्यवसायका लागि समेत नयाँ अवसर सिर्जना गरिरहेको उनले बताइन् ।
अमेरिकाले नेपालसँग नवप्रवर्तन, आर्थिक वृद्धि तथा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउन निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उनले नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न साझेदारी अझ सुदृढ बनाइने बताइन् ।
समिटमा एक हजार ४ सयभन्दा बढी पर्वतारोही, अभियान नेता, नवप्रवर्तक, आउटडोर ब्रान्डका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरूको सहभागिता रहेको नेपालस्थि अमेरिकी दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण