गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक च्याम्पियन
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।
- फाइनलमा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।
- गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा पूरा गरेको थियो ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । आइतबार सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।
गुजरात टाइटन्सले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा ७५ रनको अविजित इनिङ खेले । त्यस्तै वेंकटेश अय्यरले ३२ र टिम डेविडले २४ रनको योगदान दिए । गुजरातका लागि राशिद खानले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । गुजरातका लागि वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय पारी खेले पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन । बेंगलुरुका तर्फबाट घातक बलिङ गरेका रसिक सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २–२ विकेट झारे ।
यो जितसँगै बेंगलुरुले सन् २०२५ को सफलतालाई २०२६ मा पनि दोहोर्याउँदै लगातार दुई पटक आईपीएलको ट्रफी उचालेर इतिहास रचेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण