नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो निर्विरोध, केन्द्रीय समितिमा को-को समेटिए ? (सूचीसहित)
सोमबार, १८ जेठ २०८३, १८ : ३०
सारांश
- नेपाल थारु संघको पहिलो अधिवेशनबाट चितवनका शिवनारायण महतो 'गुरौ' निर्विरोध अध्यक्षमा दोहोरिएका छन् ।
- संघको संशोधित विधान २०७९ अनुसार केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् ।
- कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा भएको अधिवेशनबाट उपाध्यक्ष, महामन्त्री र सह-महामन्त्री पनि निर्विरोध निर्वाचित भएका छन् ।
ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको अध्यक्षमा चितवनका शिवनारायण महतो ‘गुरौ’ दोहोरिएका छन् ।
आइतबार राति सम्पन्न संघको पहिलो अधिवेशनबाट तदर्थ समितिको अध्यक्ष रहेका महतो निर्विरोध अध्यक्ष भएका हुन् । संघको संशोधित विधान २०७९ बमोजिम केन्द्रीय कार्यसमितिमा सबै पदाधिकारी र सदस्य निर्विरोध भएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा भएको अधिवेशनबाट उपाध्यक्ष डा. भोगेन्द्र प्रसाद चौधरी (उदयपुर), महामन्त्री फूलाराम चौधरी (बाँके), सह–महामन्त्री राधेश्याम चौधरी (नवलपरासी) निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत वासुदेव रिजालले थारु संघमा नेतृत्वसहित केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
यस्तो छ नयाँ केन्द्रीय समिति -




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण