रविको भारत भ्रमण स्वीकृत, दिउँसो १ बजे नयाँ दिल्ली जाने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण सचिवालय बैठकबाट स्वीकृत भएको छ।
- भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग भेटघाट गर्नेछन्।
- पाँच दिने भ्रमणमा लामिछानेले उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिनेछन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सचिवालय बैठकले स्वीकृत गरेको छ । बिहान बसेको भर्चुअल बैठकले लामिछानेको भारत भ्रमण स्वीकृत गरेको हो ।
बैठकमा लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले पहिल्यै भ्रमणको निम्तो दिएको जानकारी गराएका थिए । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य समावेश हुनेछन् । बैठक महाधिवेशन केन्द्रित रहेको अन्य विषयमा कुनै छलफल नभएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
‘सभापतिज्यूले भारत भ्रमणबारे जानकारी दिनुभयो । बैठकले भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धमा कुनै छलफल भएन । महाधिवेशन केन्द्रित छलफल भयो’, उनले भनिन् ।
प्रतिनिधिमण्डल दिउँसो १ बजे नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । पाँच दिने भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक र कूटनीतिक बैठकहरूमा भाग लिने प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार भाजपाका शीर्ष नेतृत्वसँग छलफल हुनेछ। यसबाहेक, अयोध्यामा व्यक्तिगत भ्रमणका साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय र पार्टी शुभचिन्तकहरूसँग भेटघाट पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण