पर्सनल कम्प्युटरका लागि एनभिडियाले सार्वजनिक गर्यो नयाँ एआई चिप
सारांश
- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिसहितका पर्सनल कम्प्युटरका लागि नयाँ चिप सार्वजनिक गरेको छ ।
- कम्पनीले आरटीएक्स स्पार्क नामक नयाँ चिपमार्फत उपभोक्ता बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ ।
- यो चिप नयाँ पुस्ताका विन्डोज कम्प्युटरहरूमा प्रयोग गरिनेछ र यसलाई पर्सनल कम्प्युटर बजारका स्थापित एप्पल र इन्टेललगायत कम्पनीहरूका लागि चुनौतीका रूपमा हेरिएको छ ।
क्यालिफोनिर्या । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिसहितका पर्सनल कम्प्युटरका लागि नयाँ चिप सार्वजनिक गरेको छ ।
कम्पनीले आरटीएक्स स्पार्क नामक नयाँ चिपमार्फत उपभोक्ता बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ्गले सोमबार ताइवानको ताइपेईमा आयोजित कम्प्युटेक्स प्रविधि प्रदर्शनीको उद्घाटनअघि आयोजित मुख्य सम्बोधनका क्रममा नयाँ चिपको घोषणा गरेका हुन् ।
ह्वाङले भने, ‘कम्प्युटरको यो पुनःआविष्कार त्यति नै ठुलो परिवर्तन हो, जति ठुलो परिवर्तन फोनबाट आजको स्मार्टफोनमा रूपान्तरण हुँदा भएको थियो ।’ एनभिडियाले आफ्नो वेबसाइटमा आरटीएक्स स्पार्कलाई ‘यो व्यक्तिगत एआई सहायकहरूको युगका लागि नयाँ सुपरचिप हो, जसले कम्प्युटरलाई केवल एउटा उपकरणबाट सहकर्मीमा रूपान्तरण गर्ने नयाँ श्रेणीको कम्प्युटर प्रदान गर्छ,’ भनेर वर्णन गरेको छ । यो चिप नयाँ पुस्ताका विन्डोज कम्प्युटरहरूमा प्रयोग गरिनेछ ।
लेनोभो, एचपी, डेल, माइक्रोसफ्ट सरफेस, एसस, र एमएसआईले कम्पनीहरूले आरटीएक्स स्पार्कयुक्त कम्प्युटर बजारमा ल्याउने भएका छन् । त्यसपछि एसर र गिगाबाइटका मोडेलहरूमा यी कम्प्युटरहरू आगामी शरद ऋतुमा बजारमा आउने अपेक्षा गरिएको छ ।
एनभिडियाको यो कदमलाई पर्सनल कम्प्युटर बजारका स्थापित एप्पल र इन्टेललगायत कम्पनीहरूका लागि चुनौतीका रूपमा हेरिएको छ । बजार अनुसन्धान संस्था गार्टनरका अनुसार यस वर्षको पहिलो तीन महिनामा विश्वको पीसी बजारको झण्डै ७५ प्रतिशत हिस्सा लेनोभो, एचपी, डेल र एप्पलले ओगटेका थिए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण