काठमाडौँबाट १५ जना बङ्गलादेशी नागरिक पक्राउ
सारांश
- काठमाडौँको ठमेल क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
- भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत कार्य गर्ने र सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न रहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
- पक्राउ परेका बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको छ।
काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रलाई आधार बनाएर शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरेको तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न रहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम, २२ वर्षीय अपन चन्दा साहा, २६ वर्षीय अब्दुल्लाह अल जोबाएर, २६ वर्षीय अबुल हस्नाई, २४ वर्षीय अल साहरियार, ३० वर्षीय फैसल, २५ वर्षीय आजाद हुसेन, १९ वर्षीय एमडी अजमैन, २० वर्षीय एमडी तामिम हसन सौरव, २० वर्षीय एमडी जकारिया जन्नत, २४ वर्षीय सकिल अनवर, २१ वर्षीय हरजोत बिलाल राफत, २५ वर्षीय ओमित हसन शेकात र ३० वर्षीय एमडी इमाम हसन स्वाधीन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलमा कोठाहरू भाडामा लिएर अवैध गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ।
उनीहरूले विदेशी मोडल तथा युवतीहरूको तस्बिर प्रयोग गरी फेसबुकमा नक्कली खाता खोलेर बङ्गलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाउने र त्यसपछि विभिन्न बहानामा ब्ल्याकमेल गरी पैसा असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबै बङ्गलादेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि कालिकास्थानस्थित अध्यागमन विभाग पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण