बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए कतारको आर्थिक तथा साङ्गठनिक प्रतिवेदन अध्ययन समिति संयोजकमा सागर नेपाल नियुक्त

मङ्गलबार, १९ जेठ २०८३, ०१ : २५
मङ्गलबार, १९ जेठ २०८३

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको विवाद समाधान र एकता घोषणा पश्चात् हिसाब मिलान तथा प्रतिवेदन अध्ययनको जिम्मेवारी आइसीसीका संस्थापक सदस्य सागर नेपाललाई दिइएको छ ।

विगत लामो समयदेखि एनसीसी कतारमा बद्री केसी, विनोद कुँवर र कुल आचार्य पक्षका तीन वटा समानान्तर समितिहरू क्रियाशील थिए। हालै यी तीनै पक्षबिच एकता भएसँगै २०२३–२०२५ कार्यकालमा देखिएको विभाजन र सो अवधिमा रहेका छुट्टाछुट्टै समितिहरूसँग सम्बन्धित आर्थिक तथा साङ्गठनिक प्रतिवेदनहरूको अध्ययन र अनुसन्धान गर्न नेपालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

यसै प्रक्रिया अन्तर्गत संयोजक सागर नेपाललाई ‘एकीकृत एनसीसी कतार प्रतिवेदन अध्ययन तथा अनुसन्धान समिति कार्यविधि–२०२६’ हस्तान्तरण गरिएको छ ।

ncc notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप