तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना
तनहुँ । जिल्लाका करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि सुरु गरेको आर्थिक गणनाअन्तर्गत हालसम्म ८६ प्रतिशत अर्थात् १४ हजार ९२३ प्रतिष्ठानको गणना गरेको हो ।
कार्यालय प्रमुख ऋषिराम अधिकारीले जिल्लामा १७ हजार ३६६ प्रतिष्ठानको गणना गर्ने लक्ष्य राखिएको र त्यसका लागि ४९ गणक तथा सात जना सुपरिवेक्षक खटाइएको जानकारी दिए ।
प्रतिष्ठानको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन, नीति निर्माण, योजना तर्जुमा र लक्ष्य तथा प्रगतिको मापन, कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखा अनुमानका लागि तथ्याङ्क उत्पादन गर्न आर्थिक गणना महत्त्वपूर्ण हुने उनले बताए ।
कार्यालय प्रमुख अधिकारीका अनुसार आर्थिक गणनामा सङ्कलित विवरणहरू पूर्ण रूपले गोप्य रहनेछन् । ती विवरण तथ्याङ्कीय प्रयोजनका लागि प्रयोग गरिने र सामूहिक प्रतिनिधित्व हुनेगरी मात्र प्रकाशन गरिने छ ।
विसं २०७५ मा गरिएको गणनाअनुसार जिल्लाभर १२ हजार ४३३ प्रतिष्ठान रहेका थिए । तीमध्ये छ हजार ९१५ दर्ता र पाँच हजार ५१८ दर्ता भएका थिएनन् ।
आर्थिक गणनामा कृषि, वन, पशुपालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत् तथा ग्यास, पानी आपूर्ति, फोहर व्यवस्थापन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा भोजन सेवा, वित्तीय तथा बिमा, घरजग्गा व्यवसाय, शिक्षा, मानव स्वास्थ्य र सामाजिक कार्यलगायत समावेश गरिनेछन् ।
आर्थिक गणनामा औद्योगिक प्रतिष्ठानहरूको परिचयात्मक विवरण, सञ्चालन गरेका प्रमुख आर्थिक क्रियाकलाप, संस्थागत क्षेत्र, दर्ता स्थिति, रोजगारीसम्बन्धी विवरण, व्यवसाय सञ्चालन, लेखाको स्वरुप, आम्दानी तथा खर्चसम्बन्धी विवरण, ऋण, लगानी तथा वैदेशिक ऋणलगानीसम्बन्धी विवरणलगायत विविरण सङ्कलन भइरहेका कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
यसैबीच सोमबार बसेको सरोकार भएकाहरूको बैठकले स्थलगत गणनाको बाँकी अवधिमा सूचनामूलक सन्देशका लागि थप प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण