लेबनानमा इजरायली आक्रमण जारी रहे प्रत्यक्ष कदम चाल्न सक्ने इरानको चेतावनी
तेहरान । अमेरिकासँग वार्ता जारी रहेको संकेत इरानले दिएको छ । तर लेबनानमा भने इजरायली आक्रमण जारी रहे कूटनीति रोकिन सक्ने र प्रत्यक्ष कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ ।
इरानका अर्धसरकारी समाचार संस्था मेह्र न्यूज एजेन्सीले मङ्गलबार जनाएअनुसार अमेरिका–इरानबिचको अस्थायी युद्धविराम सम्झौतासम्बन्धी अन्तिम मस्यौदा अझै तेहरानमै छलफलका क्रममा छ, यसले वार्ता पुनः सही दिशामा फर्किएको संकेत गरेको हो ।
यसअघि राज्यसम्बद्ध तस्निम न्युज एजेन्सीले इजरायलको लेबनानमा जारी आक्रमणका कारण वार्ता रोकिएको दाबी गरेको थियो । तर पछिल्ला रिपोर्टहरूले वार्ता पुनः सक्रिय भएको देखाएका छन् । तर इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले कडा चेतावनी दिँदै इजरायलले लेबनानमाथि आक्रमण जारी राखे कूटनीतिक प्रक्रिया नै रोक्न सकिने बताएका छन् ।
उनले लेबनान संसदका अध्यक्ष नाबिह बेरीसँगको कुराकानीमा भने, ‘यदि लेबनानमा जियोनिस्ट शासनका अपराधहरू जारी रहे भने हामी वार्ता मात्र रोक्ने छैनौँ, उनीहरूको विरुद्ध प्रत्यक्ष कदम पनि चाल्नेछौँ, इरान र लेबनानका जनताबिचको भाइचारा अमर रहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण