सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

वार्ता पुनः सुरु हुने तयारी गरिरहँदा हिजबुल्लाह र इजरायलबिच झडप जारी

मङ्गलबार, १९ जेठ २०८३, १६ : ५३
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायबीच रातिदेखिको आक्रमण-प्रत्याक्रमण जारी छ ।
  • दुवै पक्षका प्रतिनिधिमण्डलहरू मङ्गलबार पुनः वार्तामा बस्ने तयारीमा रहेको बेलामा झडप भएको हो ।
  • इजरायली सेनाले हिजबुल्लाहका आक्रमणका कारण कारबाही गर्न बाध्य भएको जनाएको छ ।

बेरुत । हेजबुल्लाह र इजरायलबिच दक्षिणी लेबनानमा रातिदेखिको आक्रमण–प्रत्याक्रमण जारी छ । 

दुवै पक्षका प्रतिनिधिमण्डलहरू मङ्गलबार पुनः वार्तामा बस्ने तयारीमा रहेको बेलामा दुई पक्षबचि झडप भएको हो । इजरायली सेनाका प्रवक्ता अभिचय अड्राइले नाबातिहका बासिन्दालाई जहरानी नदीको उत्तरतर्फ सर्न निर्देशन दिएका छन् । उनका अनुसार हिजबुल्लाहका आक्रमणका कारण सेना कारबाही गर्न बाध्य भएको हो ।

लेबनानको सरकारी समाचार संस्था राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायलले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । यता हिजबुल्लाहले मङ्गलबार बिहान नाबाटियाह जिल्लामा एक इजरायली ट्यांकलाई निशाना बनाएको दाबी गरेको छ । यसअघि लेबनानको वाशिङ्टनस्थित दूतावासले हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको र त्यसको बदलामा इजरायलले बेरुतमा आक्रमण रोक्ने सहमति भएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका गोलीबारी बन्द हुने आशा व्यक्त गरेका छन् । तर इजरायलले जारी गरेको वक्तव्यमा दक्षिणी लेबनानमा सैन्य कारबाही भने जारी रहने उल्लेख गरिएको छ । इजरायलले तत्कालका लागि बेरुतमाथि आक्रमण नगर्ने संकेत दिएको छ, जसलाई तनाव कम गर्ने दिशामा सीमित प्रगतिको रूपमा हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप